नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई झापा ५ मा निर्वाचनमा विजयी हुन कुनैपनि समस्या नरहेको दाबी गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहको सामाजिक सञ्जालमा हल्लाखल्ला भएपनि सो निर्वाचन क्षेत्रमा अध्यक्ष ओलीलाई जित्न समस्या नहुने उनको भनाइ छ । शुक्रवार काठमाडौंमा आयोजित सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव पोखरेलले झापा निर्वाचन क्षेत्र नम्बर ५ का मतदाता राजनीतिक रुपमा सचेत रहेकाले त्यहाँ लोकप्रियतावादको नाममा फस्ने कुनै सम्भावना रहेको पार्टीको निष्कर्ष रहेको बताए ।
उनले राष्ट्रिय राजनीतिमा दाङको भुमिकालाई स्थापित गराउनका लागि पनि दाङका जनताले आफूलाई निर्वाचनमा विजयी गराउने विश्वास व्यक्त गरे । महासचिव पोखरेलले निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो शक्ति बन्नबाट कसैले पनि रोक्न नसक्ने जिकिर गरे ।