राणकालदेखि जेनजी आन्दोलनसम्मका शहीदको सपना अझै अधुरै छ : प्रचण्ड

राणकालदेखि जेनजी आन्दोलनसम्मका शहीदको सपना अझै अधुरै छ : प्रचण्ड

  • शुक्रबार, माघ १६, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद दिवसको अवसरमा शुभकामना दिदै सहिदका सपना अझै पूरा नभएको बताएका छन् ।

उनले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायका लागि जीवन आहुति दिने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै यस्तो धारणा राखेका हुन्।

प्रचण्डले नेपालको परिवर्तनको इतिहास सहिदहरूको रगतले लेखिएको बताए। उनले सन्देशमा सामन्ती राणा शासनविरुद्ध लड्ने लखन थापा, बाँकाबीर र चार सहिद शुक्रराज, धर्मभक्त, दशरथ, गंगालाल देखि पञ्चायती काल, जनयुद्ध, जनआन्दोलन तथा मधेस र थारू आन्दोलनको स्मरण गरे। विशेष गरी उनले पछिल्लो समयको जेनजी आन्दोलनका सहिदहरूको बलिदानलाई समेत समेट्दै यी सबै संघर्षको साझा उद्देश्य सामन्तवाद र विभेद अन्त्य गरी लोकतन्त्र र सुशासन स्थापना गर्नु रहेको उल्लेख गरे ।

मुलुकले प्राप्त गरेको गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षजस्ता उपलब्धि सहिदकै बलिदानको परिणाम भएको उनले बताए। यद्यपि, सामाजिक न्याय, आर्थिक समानता, भ्रष्टाचारको अन्त्य र राष्ट्रिय स्वाधीनताको संघर्ष अझै जारी रहेको भन्दै उनले सहिदका सपना पूर्ण रूपमा साकार भइनसकेको औंल्याए। ती अधुरा सपना पूरा गर्न समर्पित हुन सके मात्र दिवस मनाउनुको सार्थकता रहने उनको भनाइ छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ