महान्यायधीवक्ताको कार्यलयले संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्धा तत्काल फिर्ता नहुने रुपन्देही जिल्ला अदालतको आदेश

महान्यायधीवक्ताको कार्यलयले संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्धा तत्काल फिर्ता नहुने रुपन्देही जिल्ला अदालतको आदेश

  • बिहिबार, माघ १५, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

रूपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित प्रतिवादी रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने भएको छ।

महान्यायाधिवक्ता कार्यालयले लामिछाने सहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी अभियोग फिर्ता गर्ने निर्णय गरे पनि रूपन्देही जिल्ला अदालतले भने सोही विषयमा सर्वोच्च अदालतमा परेको रिटको टुंगो लागेपछि मात्र निवेदन पेस गर्न आदेश गरेको हो।

जिल्ला अदालत रूपन्देहीका तहसिलदार कृष्णप्रसाद पौडेलले महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय कार्यान्वयनको लागि परेको निवेदन तत्काल फिर्ता नगरी सर्वोच्च अदालतमा परेको रिटको टुंगो लागेपछि मात्र पेस गर्न आदेश भएको बताए।

पौडेलका अनुसार माघ ६ गते जिल्ला अदालतका न्यायाधीश श्यामलाल घिमिरेको इजलासले उक्त विषयमा सर्वोच्च अदालतमा रिट परेको र उक्त रिट विचाराधीन रहेकोले त्यसको अन्तिम टुंगो लागेपछि मात्र पेस गर्न आदेश दिएका हुन्।

महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते निर्णय गर्दै लामिछाने सहित प्रतिवादी रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ