राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

  • बुधबार, माघ १४, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

काठमाडौँ, १४ माघः राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको शून्य समयमा सदस्यहरूले सडकको कमजोर अवस्था, जाजरकोटका भूकम्पपीडितले हालसम्म राहत नपाएकादेखि लिएर निर्वाचन नजिकिँदै जाँदा सामाजिक सञ्जालमा आएका भ्रामक सूचनाको पछि लाग्न नहुने धारणा राख्नुभएको हो ।

सदस्य कमला पन्तले २०७२ सालको भूकम्पमा परेका भूकम्पपीडितले केही राहत पाए पनि जाजरकोट भूकम्पका परेका पीडितले अहिलेसम्म पनि राहत नभएका भन्दै ती नागरिकलाई तत्काल राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सदस्य नारायणदत्त मिश्रले देशको धेरैजसो स्थानका सडकहरूको अवस्था कमजोर हुनुका साथै खल्डाखुल्डी भएर कारण यात्रा गर्न कठिन भएको भन्दै डोटी जिल्लामा कालोपत्र गर्ने भनिएको सडक त्यतिकै अलपत्र परेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सदस्य भुवनबहादुर सुवारले अघिल्लो आर्थिक वर्षमा दलितका लागि छुट्याइएको बजेट त्यतिकै फ्रिज भएको स्मरण गराउँदै वर्तमान सरकारको अर्थमन्त्रालयले दलित समुदायका लागि रु ५० करोड विनियोजन गरेकामा तत्काल त्यसको कार्यान्वयनका लागि ध्यानाकर्षण गराउनुभयो ।

सदस्य युवराज शर्माले प्रधानमन्त्री सुशीला कार्कीसहित सरकारका मन्त्रीले सम्पत्ति सार्वजनिक गर्नुपर्ने माग गर्दै मुलुकमा सुशासन कायम गर्नका लागि सरकारमा बस्ने व्यक्ति पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो । सदस्य राजेन्द्रलक्ष्मी गैरेले देशका विभिन्न क्षेत्रमा सडकको अवस्था दयनीय भएको बताउँदै सडक निर्माणमा ध्यान नदिँदा यात्रुले समस्या भोग्नुपरेको परेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रियसभाका सदस्य सुरेशकुमार आलेमगरले गत भदौ २३ र २४ गतेको आन्दोलनमा ठूलो जनधनको क्षति भएको हुनाले उक्त घटनाका विषयमा गम्भीरतापूर्वक छानबिन गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ