राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनको क्लीन स्वीप

राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनको क्लीन स्वीप

  • आइतवार, माघ ११, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

राष्ट्रिय सभाको १८ सिटका लागि भएको निर्वाचनमा कांग्रेस–एमाले गठबन्धनले क्लिन स्विप गरेको छ।

कोशी प्रदेशमा खस-आर्यतर्फको एउटा सिटमा कांग्रेसका सुनील थापा निर्विरोध भइसकेकोमा आइतबार बाँकी १७ सिटका लागि मतदान भएको हो। १७ सिटका लागि ४४ जनाले उम्मेदवारी दिएकोमा एमालेले आठ, कांग्रेसले आठ र जसपा नेपालले एक सिटमा जित निकालेकाे हाे।

कोशीमा नेकपा एमालेकी रोशनी मेचे (महिला) र एमालेकै सोमनाथ पोर्तेल (दलित) निर्वाचित भए। कांग्रेसका सुनील थापा (खस-आर्य) यसअघि नै निर्विरोध निर्वाचित भएका हुन्।

मधेशमा पनि गठबन्धनले जित निकालेको छ। एमालेकी रेखा झा (महिला), कांग्रेसका रंजित कर्ण (अल्पसंख्यक), कांग्रेसकै धर्मेन्द्र पासवान (दलित) र जसपा नेपालका महन्थ ठाकुर (अन्य) निर्वाचित भए।

बागमतीमा नेपाली कांग्रेसकी गीता देवकोटा (महिला) र नेकपा एमालेका डा. प्रेमप्रसाद दंगाल (अन्य)ले जित निकाल्दा गण्डकीमा समेत अन्य दलका उम्मेदवार पराजित भए। गण्डकीमा ‘अन्य’ क्लस्टरबाट नेपाली कांग्रेसका प्रा.डा. जगत तिमिल्सिना र ‘महिला’ क्लस्टरबाट नेकपा एमालेकी सम्झना देवकोटा निर्वाचित भएका हुन्।

यसैगरी, लुम्बिनीमा नेपाली कांग्रेसका वासुदेव जंगली (अपांग), कांग्रेसकै चन्द्रबहादुर केसी (खुला) तथा एमालेकी रामकुमारी झाँक्री (महिला) विजयी भए।

कर्णालीमा एमालेकी मीनासिंह रखाल (खुला) र कांग्रेसका ललितजंग शाही (अन्य) तथा सुदूरपश्चिममा कांग्रेसका खम्मबहादुर खाती (अन्य) र एमालेकी लीलाकुमारी भण्डारी (महिला) राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ