नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका उम्मेदवारका रूपमा प्रस्तुत गरिएकाहरूबीच सार्वजनिक बहसको आह्वान गरेका छन्। अध्यक्ष केपी शर्मा ओलीले शनिबार सञ्चारकर्मीसँग बोल्दै त्यस्तो बहसमा भाग लिन आफू तत्पर रहेको बताएका थिए। आइतबार बिहान सामाजिक सञ्जालमार्फत् आह्वान गरेका हुन्।
‘पब्लिक डिबेटको लागि तयार छौं। नयाँरपुराना सबै दलहरू अहिले चुनावमा होमिएका छन्। देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा ९एमाले० देश बनाउने तर्फबाट मैदानमा छ। यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको छ,’ उनले भनेका छन्।
फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्ने पनि उनले बताएका छन्।
यसपालिको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दलहरु पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएको ओलीले भनेका छन्।
एमाले सचिवालय बैठकले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको छ।
नेपाली कांग्रेसले सभापति गगन थापालाई र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ।