हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली

हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली

  • शनिबार, माघ १०, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौँ, १० माघः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत आफूहरू देश बनाउने अभियानमा लागेको बताउनुभएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उहाँले देश बनाउनेका पक्षमा उभिन सबैलाई अपिल गर्नुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले आफूलाई झापाबाट काठमाडौँ फर्कने क्रममा शुक्रबार भद्रपुर विमानस्थलमा माथिको आदेश भन्दै सुरक्षाकर्मीबाट अपमानजनक व्यवहार भएको गुनासो पनि गर्नुभयो ।

“मलाई झापाबाट फर्कंदा अपमानजनक व्यवहार गरियो । विदेशतिर पनि चिनेको अवस्थामा सम्मानजनक व्यवहार गर्छन्, तर यो सरकारले हामीलाई आफ्नै ठाउँमा दुःख दिने काम गरिरहेको छ”,उहाँले भन्नुभयो, “यस्तै हो भने हामी निर्वाचनमा जाने कि आन्दोलनमा जाने अझै भन्न सकिने अवस्था छैन ।”
कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं धितोपत्र व्यवसायी दिपेन्द्र अग्रवाललगायतलाई पार्टी प्रवेश गराइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ