अहिलेको लँडाई देश बनाउने र जलाउनेबीचको हो : ओली

अहिलेको लँडाई देश बनाउने र जलाउनेबीचको हो : ओली

  • शनिबार, माघ १०, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

१० माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ आएका राजनीतिक दलहरूसँग भोलिको भविष्यबारे केही पनि थाहा नभएको टिप्पणी गरेका छन् ।

आज पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले , भोलि उठी कहाँ जाने केही थाहा छैन, फर्कि आउने हो कि होइन केही थाहा छैन,’ ओलीले भने, ‘उहाँ (नयाँ दल) हरूको यात्रा त्यस्तै हो । भोलि कहाँ जाने त्यो पनि थाहा छैन, भोलि कहाँ जाने त्यो पनि थाहा छैन ।’ भने ।

ओलीले आफूले नयाँ भनिएका दलका एक जनाको फेसबुक स्टाटस हेरेको बताए । उक्त स्टाटसमा आफूलाई मोटोमुनि गाडिदिने कुरा लेखेको भन्दै ओलीले आपत्ति जनाए ।

‘एउटा स्टाटस हेरेको थिएँ मैले, अहिलेको नयाँहरूले लेखेछन्, केपी ओली महत्त्वपूर्ण हुनुहुन्छ, त्यसकारण उहाँलाई मोटोमुनि गाडिदिनुपर्छ । कस्तो मति, कस्तो बुद्धि, कस्तो राजनीति, हामी विचार गर्न सक्छौं,’ ओलीले भनेका छन् ।

अहिले देश बनाउने र जलाउनेबीचको लडाईं जारी रहेको ओलीको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ