नागरिक अगुवा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

नागरिक अगुवा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

  • शनिबार, माघ १०, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

काठमाडौं । नागरिक अगुवा, लेखक एवं राजनीतिक विश्लेषक युग पाठक नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । आज नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास पुगेर पाठक पार्टी प्रवेश गरेका हुन् ।

पाठकलाई सह–संयोजक माधवकुमार नेपाललगायतका नेताले खादामालासहित पार्टीमा भित्र्याएका छन् ।

सो अवसरमा संयोजक प्रचण्डले पाठकलाई पार्टीमा भित्र्याउन पाउँदा आफूलाई खुसी र गर्वको महशुस भएको बताए । सह–संयोजक नेपालले पार्टीभित्र पाठकको उपस्थिति सशक्त र प्रभावकारी बन्ने अपेक्षा व्यक्त गरे ।

पाठकलाई भित्र्याउँदा नेकपाका अन्य नेताहरू वेदुराम भुसाल, प्रमेश हमाल, रञ्जिता श्रेष्ठ लगायत उपस्थित थिए ।

युग पाठकको नागरिकताको नाम भने दिपककुमार पाठक हो । उनका उर्गेनको घोडा र मांगेना पुस्तक चर्चित छन् ।

पाठक अघिल्लो निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध झापा क्षेत्र नम्बर ५ बाट चुनाव लडेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ