नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा ९एमाले० लाई पनि आफ्नो पार्टीसँग एकता गर्न अपिल गरेका छन्।
शुक्रबार काठमाडौँमा आयोजित एमाले ओखलढुंगा जिल्ला कमिटीलाई नेकपामा समाहित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले एकताका लागि अपिल गरेका हुन्। ‘नेकपा ९एमाले०लाई कुनै भ्रममा नरहन, साच्चै राष्ट्रिय शक्ति निर्माणको यो महाअभियानमा सामेल हुन म अपिल गर्न चाहन्छु,’ प्रचण्डले भने।
मुलुकलाई संकटबाट जोगाउनका लागि राष्ट्रिय शक्ति आवश्यक रहेको र त्यसका लागि सबै वामपन्थी, कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबीचको एकता जरुरी रहेको उनले बताए।
‘हामी सबैका लागि राष्ट्रभन्दा ठूलो अरु केही पनि छैन। राष्ट्र संकटमा छ। नेपाली जनताको एकताले मात्रै मात्रमै मुलुकको राष्ट्रियतालाई सुदृढ गर्न सकिन्छ,’ उनले थपे, ‘वामपन्थी र कम्युनिस्टको एकताले नै राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्न सक्दछ। अरु लोकतन्त्रवादीहरू पनि यो मोर्चामा आबद्ध हुन जरुरी छ।प्रतिक्रियावादीहरूको चलखेल रोक्ने एकमात्रै उपाय भनेको हामीबीचको एकता हो।’
उनले मुलुकलाई संकटबाट जोगाउनका लागि एकता अभियानलाई तिब्रता दिएको बताए। मुलुकमा प्रतिक्रियावादीको चलखेललाई रोक्न पनि सबै देशभक्तले एकतावद्ध भएर अघि बढनुपर्नेमा उनले जोड दिए।
अम्बिर बाबु गुरुग सहित एमालेको ठूलो पक्ति नेकपामा आएको छ । पार्टीले अम्बिरबाबुलाई टिकट समेत दिएको छ । उनले ओखलढृुंगामा निर्वाचन जित्ने कार्यकर्ताहरुको दाबी रहेको छ ।