मतदाताको घर घरमा पुग्न एमाले अध्यक्ष ओलीद्धारा नेता कार्यकर्तालाई निर्देशन

मतदाताको घर घरमा पुग्न एमाले अध्यक्ष ओलीद्धारा नेता कार्यकर्तालाई निर्देशन

  • शुक्रबार, माघ ९, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका ५ का नेताहरूलाई जनताका घरघरमा जान र मतदातासँग सिधा सम्पर्क गर्न निर्देशन दिएका छन् ।

आज झापा क्षेत्र नम्बर–५ को क्षेत्रीय समन्वय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको सम्पूर्ण पार्टी पंक्तिलाई जनताको घरघरमा पुग्न र मतदातालाई एमालेलाई मत दिने वातावरण बनाउन निर्देशन दिएका हुन् ।

अध्यक्ष ओलीले एमालेको नेतृत्वमा भएका विकास निर्माणका काम नै निर्वाचन जित्न पर्याप्त भएको समेत बताएका छन् । केन्द्रीय सदस्य,प्रदेश सदस्य,जिल्ला कमिटीका पदाधिकारी, पालिका तहका नेताहरू सहभागी सो बैठकमा योजना बनाएर प्रचारका काम गर्न र विपक्षीले छरेका भ्रम तोड्न तथा दृढताका साथ निर्वाचन प्रचारमा लाग्न निर्देशन दिएका हुन् ।

‘अध्यक्ष ओलीले देशलाई नै सखाप पार्ने उद्देश्यले भदौ २३ र २४ गतेको घटना गराइएको दाबी समेत गरेका छन् । नवयुवाहरूले सुरु गरेको आन्दोलन र उठाएका मागहरू नाजायज नभए पनि त्यसपछिको घुसपैठले देश नै तहसनहस भएको उनको भनाइ छ ।

‘ती घटनाहरू देखाएर एमालेलाई दोषी करार गर्न खोजिँदै छ’ अध्यक्ष ओलीले भने, ‘यस्ता आधारहीन कुराको प्रतिवाद गर्नुपर्दछ । यसका लागि सम्पूर्ण पार्टी पंक्तिलाई जनताका घर घरमा पुर्याऔं । हरेक मतदातासँग सम्पर्क बढाऔँ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ