मनाङमा काँग्रेस, एमाले र राप्रपाको गठबन्धन बिरुद्ध एक्लै भीड्दै नेकपाकी उम्मेद्धार यशोदा सुवेदी गुरुङ

मनाङमा काँग्रेस, एमाले र राप्रपाको गठबन्धन बिरुद्ध एक्लै भीड्दै नेकपाकी उम्मेद्धार यशोदा सुवेदी गुरुङ

  • शुक्रबार, माघ ९, २०८२
  • मिर्मिरे अनलाइन

  • 21.1K
    SHARES

मनाङमा आसन्न फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङलाई नेकपा ९एमाले० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन गरेको छ।

कांग्रेस उम्मेदवार गुरुङलाई समर्थन गर्न एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङ र राप्रपा उम्मेदवार कुविरसिङ गुरुङले उम्मेदवारी फिर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन्। मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले एमाले र राप्रपाका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको बताए।

एमाले र राप्रपाले कांग्रेस उम्मेदवार गुरुङलाई समर्थन गरेपछि अब मनाङमा दुई पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। कांग्रेसका गुरुङविरुद्ध नेपाल कम्युनिस्ट पार्टी(नेकपा) की यशोदा सुवेदी चुनावी मैदानमा छन्। मनाङमा रास्वपाले उम्मेदवारी दर्ता नै गराएको थिएन।

आफूलाई सहयोग गर्न एमाले र राप्रपा उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको कांग्रेस उम्मेदवार गुरुङले बताए।

यसअघि २०७९ सालको निर्वाचनमा पनि कांग्रेसका गुरुङ निर्वाचित भएका थिए।

यो तीन दलको गठबन्धन बिरुद्ध अब नेकपाकी सुवेदीले प्रतिस्पर्धा गर्ने भएकी हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी