जनभावनाअनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँः संयोजक प्रचण्ड

जनभावनाअनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँः संयोजक प्रचण्ड

  • बुधबार, माघ ७, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

रुकुम पूर्व, ७ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमेली जनताको समृद्धिको आकाङ्क्षा पूरा गर्न आफू रुकुम पूर्वबाट उम्मेदवार बनेको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल रुकुम पूर्वले आज रुकुमकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले जिल्लाको इतिहास, भूगोल, संस्कृति, जातजाति सबैको भावनामा आधारित विकासको ढाँचा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“जनयुद्धको आधार क्षेत्रको विकासलाई नयाँ ढङ्गले गति दिने मेरो सङ्कल्प छ । यहाँका जनताको भावना बुझेर जनताको अपेक्षा अनुसार यहाँबाट उम्मेदवारी दर्ता गराएको हुँ”, संयोजक दाहालले भन्नुभयो, “यहाँको भौतिक पूर्वाधारको विकास र विस्तार, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी सिर्जना र पर्यटन प्रवर्द्धनमा मेरो प्राथमिक विषय हुन् ।”

राजनीतिक रूपमा मात्रै नभई विकासका दृष्टिकोणबाट पनि समाजवादको बीउ रुकुम पूर्वबाट रोप्ने उद्घोष गर्दै संयोजक दाहालले समाजवादी क्रान्तिको आधारइलाका रुकुम पूर्व बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आजै यहाँका सहिद परिवारसँग भेटघाट गर्नुका साथै स्थानीय जनसमुदायसँग अन्तक्र्रिया गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ