झापामा उत्साहजनक मनोनयनः ५ निर्वाचन क्षेत्रमा ९० उम्मेदवार मैदानमा

झापामा उत्साहजनक मनोनयनः ५ निर्वाचन क्षेत्रमा ९० उम्मेदवार मैदानमा

  • मङ्लबार, माघ ६, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.5K
    SHARES

झापा, ६ माघः आगामी निर्वाचनका लागि झापा जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले आज उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन् ।

मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी डिल्लीराम प्रसाईका अनुसार पाँचवटा निर्वाचन क्षेत्रमा कूल ९० जना उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचनमा २१ वटा राजनीतिक दलका ७३ जना र १६ जना स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा होमिएका छन् । क्षेत्र नं १ बाट क्षेत्रमा दुई जना स्वतन्त्रसहित १५ जनाले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नं २ मा तीन जना स्वतन्त्रसहित १८ जनाको उम्मेदवारी परेको छ ।

क्षेत्र नम्बर ३ मा दुई जना स्वतन्त्रसहित १७ जना, क्षेत्र नं ४ मा एक जना स्वतन्त्रसहित १६ जना र क्षेत्र नं ५ मा नौ जना स्वतन्त्रसहित २४ जनाको उम्मेदवारी परेको छ उहाँले जानकारी दिनुभयो । ठूला दलका शीर्ष नेतादेखि स्वतन्त्र उम्मेदवारसम्मको सक्रियताले झापाको चुनावी माहोल निकै रोचक बन्ने देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ