५ माघ, काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)काे बाग्मती प्रदेशका सांसल युवराज दुलालले पदबाट राजीनामा दिएका छन् ।
उनलाई पार्टीले आउँदाे फागुन २१ मा हुन गइरहेकाे प्रतिनिधिसभाकाे निर्वाचनमा उम्मेदवार बनाएपछि राजीनामा दिएका हुन् ।
उनी सिन्धुपाल्चाेक क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ चुनाव लड्ने भएका छन् । क्षेत्र नं. १ बाट भने साविककै माधव सापकाेटालाई चुनाव लड्न टिकट दिइएकाे छ । उम्मेद्वारी दर्ता मिति भाेलि माघ ६ गतेका लागि ताेकिएकाे छ ।
सापकाेटा गत २०७९ सालको प्रतिनिधिसभा र दुलाल प्रदेशसभा सदस्यमा सिन्धुपाल्चेक क्षेत्र नं २ (ख) बाट प्रत्यक्ष निर्वाचित भएका थिए । दुलाल प्रदेशमा सामाजिक मन्त्री समेत भएका थिए । उनकाे राजीनामासँगै बाग्मती प्रदेशमा सांसद संख्या घटेकाे छ । यहाँ नेपाली कांग्रेसकाे नेतृत्वमा सरकार छ ।
यसपटक प्रतिनिधिसभा सदस्यकाे चुनाव लड्न काठमाडाैं महानगरका मेयर बालेन शाह, धरान उपमहानगरका मेयर हर्क साम्पाङले पनि पदबाट हिजै राजीनामा दिइसकेका छन् । राष्ट्रियसभाबाट ३ जना सांसदले पनि राजीनामा दिएका छन्