असन्तुष्ट दलकाे दबाबमा निर्वाचन आयाेग, उम्मेदवारी दर्ताको समय सर्न सक्ने

असन्तुष्ट दलकाे दबाबमा निर्वाचन आयाेग, उम्मेदवारी दर्ताको समय सर्न सक्ने

  • आइतवार, माघ ४, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

४ माघ, काठमाडाैं । सरकारले आगामी फागुन २१ मा गर्ने गरी घाेषणा गरिएकाे प्रतिनिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ निर्वाचन आयाेगले यही माङ ६ गते तय गरेकाे उम्मेदवार दर्ताकाे मिति सर्न सक्ने देखिएकाे छ ।

निमित्त प्रमुख आयुक्तसहित ३ जना पदाधिकारीकाे भरमा चलेकाे आयाेगले बढ्दै गइरहेका असन्तुष्ट राजनीतिक दलहरूले दिँद‌ै आइइरहेकाे दबाबमा पर्ने संभावना बढेपछि यस्ताे स्थिति देखिन थालेकाे हाे ।

मुख्यतः आन्तरिक राजनीतिक लफडामा परेकाे नेपाली कांग्रेसका दुई पक्षले बढाएकाे आ-आफ्नै जिद्दीले आयाेगकाे  कामकारवाही नै प्रभावित हुने देखिएकाे छ ।

जेन जी आन्दाेलनबाट अन्य पार्टीझैं तिल्मिलाएका कांग्रेस पार्टीमा नेतृत्व सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनमार्फत हटाएर गगन थापाकाे नेतृत्वमा गठन भएकाे कांग्रेसलाई आयाेगले मान्यता दिएपछि दृउवा समूहले मानेकाे छैन । यतिसम्म कि निर्वनचन नै हुन नदिने चेतावनी दिन थालेकाे छ । समुह आजै मात्र  थापाकाे नेतृत्वमा गएकाे कांग्रेस खारेज गर्नुपर्ने भन्दै सर्वाेच्च अदालत पुगेकाे छ । रिटकाे सुनुवाई कहिले हुन्छ, त्याे भन्न सकिने अवस्था छैन ।

त्यसकारण पर्ख र हेर्न मिति केही दिन सार्न सकिन्छ कि सकिँदैन भन्नेमा छलफल गर्ने मनिस्थितिमा आयुक्तहरू रहेकाे बताइएकाे छ । थापा नेतृत्वकाे कांग्रेसलाई मान्यता दिने निर्णय बहुमत आयुक्तबाट भएकाे थियाे ।

नवनिर्वाचित सभापति थापा भने उम्मेद्वारी दर्ता ताेकिएकै मितिमा हुनुपर्ने, सार्न नहुने पक्षमा देखिएका छन् । उनी उम्मेदवारी चयनमा लागिरहेका छन् ।

आज भने देउवा समुहलाई बाहिरै राखेर निर्वाचन गर्न आयाेग सफल हुन्छ विषयमा आयुक्त साथै सरकारसमेत दुविधामा परेकाे आयाेग स्राेतकाे भनाइ छ । प्रधानमन्त्री सुशिला कार्कीले आज साँझ मन्त्री आयाेगका पदाधिकारीसँग छलफल गर्ने भएका छन् ।

यसअघिदेखि नै जेन जी कै केही समूहले पनि संविधान संशाेधन गरेर मात्र निर्वाचन गर्नुपर्ने दबाब सरकारलाई दिँदै आइरहेका छन् । यसमा कांग्रेस थप भएकाे हाे । केहि साना दल त निर्वाचन  बहिष्कारमै लागिरहेका छन् ।

केही दल प्रतिनिभिसभा निर्वाचन नचई संविधान संशाेधन गरेर प्रत्यक्ष कार्यकारीकाे निर्वाचन गर्नुपर्ने पक्षमा वकावत गर्दै आइरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ