४ माघ, काठमाडौँ गत भदाै २३ र २४ मा जेन जीले गरेकाे भ्रष्टचारविराेधी आन्दाेलनले भवन तहसनहस पारेयता राष्ट्रियसभाकाे पहिलाे बैठक सिंहदरबारमा आइतबार बस्याे ।
बैठकमा सभाका अध्यक्ष नारायण दाहालले राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।
यस्तै गएकाे पु ३० मा निधन भएकाे राष्ट्रिय सभाका सदस्य बलदेव बोहराको निधनप्रति शोक प्रस्ताव पारित गरेर आजको बैठक सकिएको छ । बैठक झण्डै ९ मिनेटमा नै सकिएकाे थियाे । अर्को बैठक आउने शुक्रबार बस्ने जनाइएकाे छ । आन्दाेलनमा युवाहरूले सदा बस्दै आइरहेकाे सभाकाे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्म्लन केन्द्र जलाइदिएपछि बैठक बस्न सकेकाे थिएन ।
अब गठन हुने प्रतिनिधिसभाकाे बैठक पनि सिंहदरकारभित्र बन्दै गरिएकाे भवनमा गर्ने याेजनामा सरकार रहेकाे छ ।
जेन जी आन्दाेलनमा सरकारकाे निर्देशनमा प्रहरीले गाेली चलाउँदा ७८ जना युवाहरूकाे ज्यान गएकाे थियाे । त्यस घटना छानबिन गरी दाेषी पत्ता लगाउन गठित आयाेगले अझै प्रतिव्दन दिन सकेकाे छैन ।