एमालेले आज काठमाण्डौँमा चुनावी सभा गर्ने

एमालेले आज काठमाण्डौँमा चुनावी सभा गर्ने

  • आइतवार, माघ ४, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

काठमाडौं । नेकपा एमालेले आज काठमाडौँमा जनप्रदर्शन एवम् जनसभा गर्ने भएको छ ।

एमाले बागमती प्रदेश कमिटीको आयोजनामा आज दिउँसो काठमाडौँको भृकुटीमण्डपमा निर्वाचन केन्द्रित जनप्रदर्शन हुने भएको हो ।

भृकुटीमण्डपबाट सुरु हुने जनप्रदर्शन प्रज्ञाभवन, कमलादीमा पुगेर जनसभामा परिणत हुने प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेलले जानकारी दिए।

मध्यान्ह १२ बजेदेखि हुने प्रदर्शनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत सम्बोधन गर्ने बताइएको छ। एमालेले केही निर्वाचन क्षेत्रबाहेकमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार टुंग्याएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ