अजम्बर राई काङमाङलाई नेकपाले दियो टिकट, भोजपुरमा जित निकाल्ने कसरतमा

अजम्बर राई काङमाङलाई नेकपाले दियो टिकट, भोजपुरमा जित निकाल्ने कसरतमा

  • शनिबार, माघ ३, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले भोजपुरबाट प्रतिनिधिसभा निर्वाचनमा अजम्बर राई काङमाङलाई उम्मेदवार बनाएको छ। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भोजपुरबाट प्रतिनिधिसभा निर्वाचन लड्नको लागि आफूलाई सांसदको टिकट प्रदान गरेका हुन् ।

एमाले पृष्ठभूमिका काङमाङ अशोक राईसँगै एमाले छोडेका थिए। एमाले र माओवादी एक हुँदा पनि उनी नेकपाको केन्द्रीय सदस्य बनेका उनी पार्टी विभाजनपश्चात माओवादीमा सक्रिय बनेका थिए।

राईलाई टिकट दिएसँगै प्रचण्डले सफलताको शुभकामना तथा अग्रिम बधाई दिएका छन्।

प्रचण्डले उनी निर्वाचित भएपश्चात राजकीय पदमा, सरकारमा जहाँ हुन्छ पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। प्रचण्डले भोजपुरको विकास र समृद्धिको यात्रामा काममाङले महत्वपूर्ण भूमिका खेल्ने र नयाँ प्रक्रिया अगाडि बढ्ने दाबी गरे। यस अगाडि उक्त क्षेत्रमा सुदन किँराती निर्वाचित भएका थिए। उनले अहिले नेकपा छाडेका छन्।

टिकट प्राप्त गरेपछि काङमाङ भोजपुर पुगिसकेका छन् । उनी शालिन र हाल सम्म कुनै पनि सार्वजनिक पदमा नपुगेका व्यक्ति हुन् ।

भोजपुरमा पूर्व माओवादीबाट पटक पटक जितेर मन्त्री समेत बनेका सुदन किरातीले पार्टी छाडेपछि अजम्बरले मौका पाएका हुन् ।

उनी यो निर्वाचन जसरी पनि जीत हात पार्न विभिन्न रणनीतिका साथ मैदानमा उत्रिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ