३० पुस, काठमाडाैं । सामन्ती राजतन्त्र ढाल्ने आन्दाेलनका बेला विद्यार्थी राजनीतिबाट उदाएका गगनकुमार थापा नेपाली कांग्रेस पार्टीकाे केन्द्रीय सभापतिमा निर्वाचित भएका छन् ।
भृकुटीमण्डपमा चार दिनसम्म चलेकाे कांग्रेसकाे विशेष महाधिवेशनले थापालाई सभापति पदमा निर्विराेध निर्वाचित गरेकाे हाे । भ्रष्टचारीविरूद्ध गत भदाैमा भएकाे जेन जी आन्दाेलनपश्चात दलहरूमा चलेकाे नेतृत्व पुस्तान्तरण र रूपान्तरणकाे वेगमा निवर्तमान सभापति ७६ वर्षीय शेरबहादुर देउवालाई किरब ५६ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हलबाट विस्थापन गरेर थापालाई निर्वाचित गरेका हुन् ।
थापाकाे नेतृत्वमा निर्वाचित केसमा सबैजसाे युवा पंक्ति निर्वाचित भएका छन् । उपसभापतिमा विश्वप्काश शर्मा र पुषपा भुसाल, महामन्त्रीहरूमा प्रदीप पाैडेल र गुरूराज घिमिरे निर्विराेध निर्वाचित भएकाे निर्वाचन समितिका संयाेजक वरिष्ठ अधिवक्ता सिताराम केसीले मध्यरातमा घाेषणा गरे । ८ जना सहमहामन्त्री पनि निर्विराेध निर्वाचित भएका छन् ।
केन्द्रीय समितिका अन्य सदस्य सबै निर्विराेध चयन भएका छन् । नवनिर्वाचित सभापति थापालाई निर्वाचन समितिका संयाेजक केसीले शपथ खुवमएका थिए ।