सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

  • बुधबार, पुस ३०, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

काठमाडौँ, ३० पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको हित हुनेगरी जिम्मेवारीपूर्वक काम गर्न गोरखापत्रको नेतृत्वलाई निर्देशन दिनुभएको छ ।

मन्त्रालयमा आज गोरखापत्र संस्थानका नवनियुक्त अध्यक्ष गोविन्द भण्डारी (अखण्ड) लाई नियुक्तिपत्र प्रदान गर्दै मन्त्री खरेलले इतिहास बोकेको संस्था गोरखापत्रको शाख बलियो हुनेगरी काम गर्न निर्देशन दिनुभयो ।

सञ्चारमन्त्री खरेलले नेपाली पत्रकारिताको ऐतिहासिक संस्थाको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै देश र जनताको हितमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

गोरखापत्र संस्थानले जनआन्दोलन र सरकारको मर्म र भावनाअनुसार सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र निर्वाचन सफल पार्नेगरी जनताका पक्षमा काम गर्न आग्रह गर्दै उहाँले सकारकातर्फबाट आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नवनियुक्त अध्यक्ष भण्डारीले गर्विलो इतिहास बोकेको संस्थानको अध्यक्षका रुपमा आफ्नो योग्यता र क्षमताले भ्याएसम्म संस्थानको सुधार गर्दै जनताका पक्षमा काम गर्ने बताउनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव राधिका अर्याललेसमेत नवनियुक्त अध्यक्ष भण्डारीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । पुस २८ गतेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई गोरखापत्र संस्थानको अध्यक्षमा नियुक्त गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ