३० पुस, काठमाडाैं । मुलुकका सबैभन्दा ठूलाे दल नेपाली कांग्रेस व्यवहारिक रूपमै फुट भएकाे छ । एकजुटका लागि नेताहरूले गरेकालामाे समयकाे प्रयासबाबजुद बुधबार फुटेकाे हाे ।
सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा नेतृत्वकाे पक्षले राखेकाे विशेष महाधिवेशनलाई मान्यता नदिने र गगन-विश्वका पक्षमा लाग्ने सबैलाई निष्कासन गर्ने निर्णय बुधबार गरेसँगै कांग्रेस फुटेकाे हाे ।
काठमाडाैंकाे भृकुटीमण्डपमा चलिरहेकाे विशेष महाधिवेशनमा आउन पटकपटक गरिएकाे आग्रहलाई अस्वीकार गर्दै देउवाकाे निर्देशनमा कार्यवाहक सभापति पूर्णबहादुर खडकाले हिजाे र आज बुधबार राखेकाे आकस्मिक केन्द्रीय समितिकाे बैठकले पदाधिकारीहरू गगन, विश्व र सहमहान्त्री फरमुल्लाह मनसुरलाई पाँच वर्षसम्मलाई पार्टीकाे साधारण सदस्यबाट समेत निष्कासन गरेकाे हाे ।
साेकाे जानकारी बैठकपछि प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले दिए । विशेष पक्षधरले सभापतिमा गगन, महामन्त्री विश्व र प्रदीप पाैडेललाई निर्वनचित गरेर कांग्रेसलाई युवा पुस्तामा रूपान्तरण गरी जनताकाे पार्टी बनाउने अटाेठ गरेकाे छ । केहीबेरमै निर्वाचन हुँदैछ । नयाँ कार्यसमिति निर्वाचित गर्दैछ । जसमा गगन, विश्व र पाैडेल सर्वसम्मत निर्वाचित हुने संभावना बढेकाे छ ।
घाेषित आसन्न फागुन २१ गतेकाे प्रतिनिधिसभा चुनावकाे मुखैमा दल फुटनुलाई राजनीतिक वृत्तमा महत्वसाथ हेर्न थालिएकाे छ । दुवै पक्ष अब निर्वाचन आयाेगमा आधिकारिकताका लागि धाउने देखिन्छ । साथै निर्वाचन तालिका समेत परिवर्तन हुने अडकलबाजी शुरू भएकाे छ ।