२९ पुस, काठमाडौं । वर्तमान राजनीतिमा सबैभन्दा ठूलाे दल नेपाली कांग्रेस फुटकाे संघारमा पुगेकाे छ ।
जेन जी आन्दाेलनमा पार्टी सभापति शेरबहादुर देउवाले कुटाई खानु र घरमा राखिएकाे अर्बाैं रकम जलेदेखि पदबाट राजीनामाकाे माग खेपिरहेका बेला उनलाई विस्थापन गर्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माकाे अगुवाइमा ३ दिनदेखि काठमाडाैंमा विशेष महाधिवेशन चलिरहेकाे छ । पार्टीकाे नयाँ सभापति चयनका लागि भाेलि चुनाव हुँदैछ । चुनावमा पार्टीका झण्डै ६० प्रतिशत प्रतिनिधिहरू उत्साहसाथ सहभागी भइरहेछन् ।
यसबिचमा पार्टीलाई एकढिक्का बनाइराख्न भन्दै देउवा पक्षले गगन-विश्व पक्षसँग पटकपटक वार्ता गर्याे, तर परिणाम हासिल हुन सकेकाे छैन । हुने पनि देखउँदैन । विशेष महाधिवेशनमा सभापति, उपसभापति, महामन्त्री सहमहामन्त्रीसहित पदाधिकारीमा बुधबार चुनाव हुने पक्कापक्की देखिन्छ । यदि चुनाव भएमा देउवाले गगन र विश्वलाई पार्टी निष्कासन गर्ने बुझिएकाे छ । त्यसाे भएमा कांग्रेस २०५१ सालमा झैं विभाजन हुन जानेछ । तर यस परिस्थितिकाे जिम्मा लिन कुनै पक्ष तयार देखिँदैनन् ।
त्याेबेला तत्कालिन सभापति गिरिजाप्रसाद काेइरालाबाट अलग भएर देउवाले नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका थिए । तर पछि कांग्रेसमा मिसिएकाे थियाे