२८ पुस, काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापामा माओवादीले सामन्ती राजतन्त्र ढाल्न चलाएकाे दस वर्षे जनयुद्धलाई ‘हिंसा’ देख्ने धङधङ्गी देखिएकाे छ । पार्टीकाे वर्तमान नेतृत्वलाई विस्थापन गरेर आफ्नै नेतृत्व स्थापित गराउने ध्येयसाथ हिजाे आइतबार काठमाडाैंकाे भृकुटीमण्डपमा शुरू भएकाे ‘विशेष महाधिवेशन’मा उनले समसामयिक राजनीतिक धारणा राख्ने क्रममा थापाले जनयुद्धकालिन समयलाई ‘हिंसाकाे समय’ बताएका हुन् ।
साेकाे दाेस्राे दिन आज जारी बन्दसत्रमा धारणा राख्ने क्रममा उनले २०६४ काे संविधानसभा चुनावलाई ‘हिंसा’लाई साम्य पार्न कांग्रेसले मानेकाे विषय मात्र भएकाे बताएका छन् । जबकि दस २०५२ फागुन १ बाट शुरू भई २०६३ मंसिर ५ मा सरकारसँग विस्तृत शान्ति सम्झाैता भएर जनयुद्ध स्थगन गरिएकाे थयाे । सम्झाैतामा कांग्रेसकै तत्कालिन सभापति गिरिजाप्रसाद काेइरालाले सरकार प्रमुख रहेर हस्ताक्षर गरेका थिए । सम्झाैताले जनयुद्धलाई राजनीतिक आन्दाेलन स्वीकार गरेकाे मात्र नभई अहिलेकाे संविधानले सशस्त्र संघर्ष मानेकाे छ ।
तर थापाले आफू विशेषबाट सभापति बन्ने परिस्थिति बन्दै गइरहेका बेला जनयुद्धलाई ‘हिंसा’ नाम दिएर मुलुकमा राजनीतिक बिग्रह निम्त्याउने अभिव्यक्ति दएका छन् । जनयुद्ध अवधिभर कांग्रेसकै नेतृत्वमा सरकार थियाे । दमन, हत्या, बेपत्ता र बलात्कार घटनाका श्रृंखला मच्चायाे । माओवादीलाई ‘आतंककारी’ देखे । त्यति गर्दा समेत संघर्ष उचाईमा पुगेर सम्हाल्न नसकेपछि केही समय तत्कालिन सामन्ती राजाले सरकार चलाए । तैपनि जनताले चलाएकाे जनयुद्धलाई थेग्न नसक्दा राजतन्त्र गर्ल्याम्म ढल्न पुग्याे ।
शान्ति सम्झाैताकाे झण्डै २० वर्षपछि थापाले कांग्रेसकाे जिम्मेवार पदबाट बाेल्दै जनयुद्धलाई फेरि ‘आतंक’ र ‘हिंसा’ दर्जामा राखेर ‘भीडन्त चाहा’ देखाएका छन् ।
आइतबारकाे भाषणमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा लचिला देखिएपनि थापा भने माओवादी जनयुद्धप्रति रूखाे भषणमा उत्रिए । ‘हिंसा’ गर्नेलाई कारवाही गरेर अगाडि बढ्ने अटाेठ देखाए । जबकि जनयुद्धकालमा मारिएका भनिएका १७ हजार नागिरकमध्ये १२ हजार राज्यतर्फबाट मारिएकाे तथ्यांक सार्वजनिक भइसकेकाे छ । त्यसकाे जिम्मा तत्कालीन सरकारमा रहेर दमन चलाउने कांग्रेसका हालका सभापति शेरबहादुर देउवाले लिनुपर्ने जिकिर माओवादीले गरिरहेकाे छ । मुद्दा टुंगाे लाग्नै बाँकी रहेकाे अवस्थामा थापाले कांग्रेसकाे बाेली भनेर सम्झाैतालाई अमान्य हुने किसिमबाट तर्क गरेका छन् । विशेष महाधिवेशनमार्फत देउवालाई सभापतिबाट हटाउने याेजनामा लागेका छन् । शान्ति सम्झाैता कार्यान्वयनका लागि गठित मेलमिलाप तथा बेपत्ता खाेजबिन आयाेगलाई समेत प्रभावित तुल्याउने नियत राखेका छन् ।
यस्ताे अवस्थाबिच आजकाे बन्दसत्रमा थापाले तत्कालिन माओवादी सशस्त्र संङर्ष अर्थात जनयुद्धलाई ‘कांग्रेसले नै २०६४ काे संविधानसभाकाे चुनावमार्फत मुलुकलाई ‘हिंसाबाट बाहिर ल्याएकाे’ तर्क गरे । जतिसुकै तवरले युवा पुस्ताकाे सपना र भविष्य बनाउँछु भनेर भाषण गरेपनि उनकाे तर्कले कांग्रेसलाई दलसँग भीडन्तकाे बाटाेमा लैजाने र बदला लिने कुत्सित याेजनाकाे प्रशस्त संकेत गर्छ । कांग्रेसमा उनकाे नेतृत्व ‘उम्रदैं तीन पात’ सरह हुने पक्का देखिन्छ । र, उग्र सावित हुने देखिन्छ