नेपाली कांग्रेस दास र लासहरूकाे पार्टी हाेइन: गगन थापा

नेपाली कांग्रेस दास र लासहरूकाे पार्टी हाेइन: गगन थापा

  • आइतवार, पुस २७, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

२७ पुस, काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस ‘दास’ र ‘लास’काे पार्टी नभएकाे बताएका छन् । भृकुटीमण्डपमा आजदेखि शुरू भएकाे पार्टीकाे विशेष महाधिवेशनकाे उद्घाटन सत्रमा धारणा राख्दै महामन्त्री थापाले जेन जी आन्दाेलनले पार्टी नीति र नेतृत्वमा रूपान्तरण माग गरेकाे सन्दर्भमा पनि पार्टीका वर्तमान सभापतिले रूपान्तरणकारी नीति लिन नसक्दा आफूहरू विशेष महाधिवेशन गर्न विवश भएकाे बताए ।

पटकपटक भेटेर नयाँ पुस्ताकाे भराेसा र मागअनुरूप कांग्रेसलाई अगाडि बढाउन अनिवार्य भइसकेकाे र नेता र नेतृत्व बदलेर बढाैं भनेर आग्रह गर्दा पनि नसुनेझैं गरेका कारण पचास प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूकाे अनुराेधमा विधानबमाेजिम विशेष महाधिवेशन गर्न बाध्यकारी बनेकाे बताए ।

पार्टीलाई नागरिककाे आशा र भराेसा साथै आशा देखाउने नभई पुरा गर्ने पार्टी बनाएर अगाडि बढ्ने र अल्छी नभएर नाैजवानलाई भविष्य देखाउने शक्ति बनाउने बताए । पार्टीमा जिम्मेवारीले मात्र फरक तर सदस्यतामा समान रहेपनि यसअघिजसाे दास र मालिकका जस्ताे नहुने बताउँदै उनले भने- ‘कांग्रेसलाई दास र लासहरूकाे पार्टी हाेइन, हरेक सदस्यकाे सम्मान र दायित्व समान रहने तथा व्यवहार गरिने पार्छटी हाे, भाेलि तपाईहरूले परिपक्वा र रूपान्तरणकारी निर्णय गर्नुस ।’

थापाभन्दा अघि बाेलेका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि पार्टीलाई रूपान्तरणकारी र जनताकाे भराेसाकाे पार्टी बनाउन विशेष महाधिवेशनमा आफूहरू पुगेकाे धारणा राखेका थिए ।

यसअघि केन्द्रीय समितिले गरेकाे निर्णयअनुसार आज, भाेलि र पर्सि गरी ३ दिन लगाएर सम्पन्न गर्नुपर्ने नियमित पन्ध्राैं महाधिवेशन पार्टी नेतृत्वले टारेपछि महामन्त्रीद्वय थापा र शर्माकाे नेतृत्वमा याे विशेष महाधिवेशन गरिएकाे हाे । यसमा भाेलि हुने बन्दसत्रबाट पार्टीकाे नयाँ सभापति चयन गरिँँदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ