मुलुकमा नयाँ परिस्थिती बन्यो, अब पार्टीको ड्राइभिङ सिट हामी दुई महामन्त्री सम्हाल्छौः विश्वप्रकाश शर्मा

मुलुकमा नयाँ परिस्थिती बन्यो, अब पार्टीको ड्राइभिङ सिट हामी दुई महामन्त्री सम्हाल्छौः विश्वप्रकाश शर्मा

  • आइतवार, पुस २७, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

पुस २७, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको अबको नेतृत्वमा नजिकै रहेको नाताले महामन्त्री गगन थापा र आफू जाने बताएका छन् ।

भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा सम्बोधन गर्दै महामन्त्री शर्माले भने, पार्टीको ड्राइभिङ सिटमा नजिकै रहेको नाताले पार्टीका महामन्त्री दुवै जानेछौँ । त्यसको जिम्मेवारी हामी पनि लिन्छौँ । त्यसैलाई स्विकारेरै हामीले भनेका हौँ । अब नयाँ परिस्थिति बनेको मुलुकमा । नयाँ परिस्थितिलाई सामना गर्नको लागि नयाँ परिस्थिति निर्माण गर्नका निम्ति पुरानो राखेर हुँदैन मनस्थिति बदल्नुपर्छ । त्यो सोचलाई बदल्नुपर्छ । पुरानै आनिबानीलाई राखेर नयाँ बनाउन सकिन्न ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु भएको छ । यसमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता निरन्तर चलिरहेको छ । आज आठ वटा ‘स्टल’बाट नाम दर्ता प्रक्रिया चलिरहेको छ । आज बिहान ९ बजेदेखि प्रतिनिधिको नाम दर्ता सुरु भएको थियो ।

कांग्रेसले कर्णाली र सुदूरपश्चिमका लागि एक स्टल, विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाका लागि एक स्टल, उपत्यकाभित्रका काठमाडौँ, भक्तपुर र ललितपुरका लागि एक स्टल र बाँकी पाँच प्रदेशका लागि छुट्टाछुट्टै स्टलको व्यवस्था गरेको जनाएको छ । कांग्रेसमा देशभर चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् ।

विशेष महाधिवेशनको उद्घाटन सुरु हुनुअघि सहभागीले काठमाडौँका विभिन्न छ स्थानबाट जुलुस निकालेका थिए । विशेष महाधिवेशन महामन्त्रीद्वय थापा र शर्माले भृकुटीमण्डमा उद्घाटन गरेका छन् । बन्दसत्र भृकुटीमण्डपको सभाहलमा सञ्चालन हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ