कांग्रेस विशेष महाधिवेशन : झाँकीसहित सुरू भयो र्‍याली

कांग्रेस विशेष महाधिवेशन : झाँकीसहित सुरू भयो र्‍याली

  • आइतवार, पुस २७, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनका लगि विभिन्न स्थानबाट र्‍याली सुरू भएको छ। ललितपुरबाट पनि र्‍याली सुरू भएको छ । ओमकारप्रसाद श्रेष्ठको नेतृत्वमा कुपण्डोलबाट बाजाबागासहित र्‍याली सुरु भएको हो। र्‍यालीमा सांस्कृतिक झाँकी,बाजा,पोशाकमा समेत सहभागी छन् । महाधिवेशनमा सहभागी प्रतिनिधिले काठमाडौंका विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने तयारी छ। महाधिवेशन आयोजक समितिका अनुसार उद्घाटन समारोहअघि शक्ति प्रदर्शनका रूपमा जुलुस आयोजना गरिएको हो । सबै रुटबाट जुलुस निस्कने तयारी भइरहेको सचिवालयले जनाएको छ। जुलुस भृकुटीमण्डप प्रवेश गरेपछि औपचारिक उद्घाटन कार्यक्रम सुरू हुनेछ। विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । उद्घाटन समारोह सकिएपछि आजै बन्दसत्र सुरू हुनेछ । विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुनेछ। विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार जुलुस ललितपुरको कुपण्डोल तथा काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट भृकुटीमण्डपतर्फ प्रस्थान गर्नेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ