अहिले देश नै नरहने हो कि भन्ने निराशा पैदा भयो : पूर्व राजा

अहिले देश नै नरहने हो कि भन्ने निराशा पैदा भयो : पूर्व राजा

  • शनिबार, पुस २६, २०८२
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

पूर्वराजा ज्ञानेन्द्र शाहले हिजो देश नबनेकोमा चिन्ता रहेको र अहिले देश नै नरहने हुने हो कि भन्ने निराशा पैदा भएको बताएका छन्।

राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा शनिबार एक भिडियो सन्देश जारी आफू नारायणहिटी दरबारबाट बाहिरिएपछि देशले सामना गर्नुपरेको संकटले चिन्तित तुल्याएको बताए ।

‘नारायणहिटी राजदरबाट हामी बाहिरिएको करिब २ दशक बित्दा पनि देशले सामना गर्नुपरेको संकटले हामीलाई चिन्तित तुलाएको छ। हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ,’ पूर्वराजा शाहले भने।

भाषण, जादू र चमत्कारले देश बन्न नसक्ने भन्दै सबै नेपालीले कर्तव्यबोध गरी पृथ्वीपथमा लाग्नु उनले आह्वान गरे । ‘भाषण अनि जादू, चमत्कारले यो देश बनेको हैन । र बन्दैन पनि । सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रुपमा काम गरेको राजसंस्था, जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुनै सक्दैन। सबै नेपालीले यो कर्तव्यबोध गरी पृथ्वीपथमा लाग्नुपर्छ भन्ने हाम्रो धारणा र आह्वान छ,’ शाहले भने।

पृथ्वीनारायण शाहले २२ वर्षको युवा अवस्थामा नै सुरु गरेको एकीकरणको सफलतापछि आधुनिक नेपाललाई चार वर्ण ३६ जातको साझा फुलबारीको रुपमा चित्रण गरेको बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ