२६ पुस, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले शनिबार रुकुम पश्चिममा एकता सन्देश सभा गरेको छ ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका १५ दल मिलेर बनेको नेकपाले विभिन्न जिल्लामा एकता सन्देश सभामा गरिरहेको छ ।
रुकुम पूर्व पार्टी एकीकरणमा असहमति जनाउँदै माओवादी केन्द्र परित्याग गरेर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका जनार्दन शर्माको गृहजिल्ला हो ।
शर्माको राजनीतिक आधारभूमि मानिने रुकुम पश्चिममा नेकपाको सभामा उत्साहजनक सहभागिता देखिएको छ ।
नेकपाले यो बिशाल सभा गरेसँगै प्रचण्ड उत्साहित भएका छन् । उनले जनार्दनलाई लक्षित गर्दै भीरमा जाने गाईलाई राम राम भन्न सकिन्छ, सति जान सकिदैन भन्दै आलोचना गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline