काँग्रेसका पूर्व मन्त्री एवं वरिष्ठ पत्रकार दाहालको निधनमा काँग्रेसले भोली देशभरका कार्यलय बन्द गर्ने

काँग्रेसका पूर्व मन्त्री एवं वरिष्ठ पत्रकार दाहालको निधनमा काँग्रेसले भोली देशभरका कार्यलय बन्द गर्ने

  • शनिबार, पुस २६, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.6K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य एवं प्रवक्ता, पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनमा भोलि ९पुस २७ गते० पार्टीका सबै तहका कार्यालय बन्द गर्ने भएको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले त्यस्तो निर्णय गरेको हो ।

त्यस्तै बैठकले पुस २६, २७ र २८ गते पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यकालहरूमा झन्डा आधा झुकाउने निर्णय गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

त्यस्तै दाहालको स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३ औँ दिनमा सम्बन्धित जिल्ला ओखलढुङ्गामा शोकसभाको आयोजना गर्ने निर्णय पनि बैठकले गरेको विज्ञप्तिमा उल्लेख छ ।

८४ वर्षीय दाहालको शुक्रबारका काठमाडौँको मैतिदेवीस्थित निवासमा निधन भएको थियो । स्वर्गीय दाहाल नेपाल पत्रकार महासङ्घको पूर्वसभापति, राष्ट्रपुकार साप्ताहिकका सम्पादक एवं प्रकाशक र गोरखापत्र संस्थानका पूर्व अध्यक्ष भएका थिए ।

दाहाल वि.सं. २०५६ को आम निर्वाचनमा ओखलढुङ्गा जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए । उनले कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ