नेपाली काँग्रेसको आकस्मिक केन्द्रीय समितिको बैठक आज बस्दै

नेपाली काँग्रेसको आकस्मिक केन्द्रीय समितिको बैठक आज बस्दै

  • शनिबार, पुस २६, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दैछ ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार बिहान सूचना जारी गर्दै केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएका हुन्। बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।

बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई निर्देशन दिइएको छ।

कांग्रेसको नियमित महाधिवेशन घोषित मितिमा हुन नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका छन्।

विशेष महाधिवेशन भोलि र पर्सी भृकुटीमण्डपमा हुँदैछ।

विशेष महाधिवेशनको अघिल्लो दिन कांग्रेसले आकस्मिक केन्द्रीय समितिको बैठक बोलाएको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ