म काँग्रेस फुट्न दिन्न : देउवा

म काँग्रेस फुट्न दिन्न : देउवा

  • शुक्रबार, पुस २५, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी फुट्न नदिने बताएका छन्।

नेविसंघका केन्द्रीय सदस्यहरूसँग आज निवासमा कुराकानी गर्दै सभापति देउवाले पार्टी एकताबद्ध बनाउने प्रतिबद्धा जनाएका हुन्।

नेविसंघका केन्द्रीय सदस्यहरूले पार्टी एकताका लागि भूमिका खेल्न सभापति देउवालाई आग्रह गरेका थिए।

विशेष महाधिवेशनबारे कांग्रेसभित्र मतभेद छ। यो मतभेद फुटसम्म पुग्न सक्छ भन्ने चर्चा भइरहेको छ।

सभापति देउवालाई भेट्न नेविसंघ केन्द्रीय सदस्यहरू धर्मराज शाही, जगतजंग बिष्ट, विनोद शाही, आशिष देवकोटा, बाबुराम भट्टराई, नवीनराज जोशी, सन्देश तामाङ, राजु पंगेनीलगायत पुगेका थिए।
आफूहरूसँगको कुराकानीमा सभापति देउवाले पार्टीलाई एकढिक्का बनाउन भूमिका खेल्ने बताएको नेता आशिष देवकोटाले सेतोपाटीलाई जानकारी दिए।

‘विगतमा आन्तरिक विवाद र झगडाकै कारण पार्टीले भोग्नुपरेको फुटको पीडादायी अनुभव स्मरण गराउँदै यस्ता अवस्थाबाट समयमै सचेत हुन आवश्यक रहेको हामीले कुरा राख्यौं,’ उनले भने, ‘पार्टीभित्र बढ्दै गएको असमझदारीले संगठनात्मक एकतालाई कमजोर बनाउने खतरा छ। सभापतिज्यूले एकताबद्ध राख्न भूमिका खेल्नुपर्छ।’

जबाफमा सभापति देउवाले पार्टी नफुट्ने र एकताबद्ध रहने कुरा गरेका थिए। सभापति देउवाले पार्टीमा विभाजन हुन नदिने र आफूले सबैसँग कुराकानी गरेर मिलाउने कुरा गरेका थिए।

अधिकांश संस्थापन पक्षको विरोधबीच पुस २७ र २८ गते कांग्रेस विशेष महाधिवेशन हुँदैछ।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार विधान कार्यान्वयन गर्न भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ