कुलमान घिसिङ रवि लामिछानेसँग मिल्न अझै अप्ठ्यारो

कुलमान घिसिङ रवि लामिछानेसँग मिल्न अझै अप्ठ्यारो

  • शुक्रबार, पुस २५, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

उज्यालो नेपाल पार्टीको नेतृत्व तहका केही नेताहरूसँगको छलफलमा कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०सँग मिलेर जान गाह्रो भएको बताएका छन्।

उज्यालो नेपाल पार्टीका संरक्षक घिसिङले शुक्रबार बिहान रास्वपा सभापति रवि लामिछानेसँग तीन घण्टा छलफल गरेका थिए। त्यसपछि दिउँसो उज्यालो नेपाल पार्टीका नेतृत्व तहका नेतासँग बौद्धमा दुई घण्टा छलफल गरेका हुन्।

आफू निकट र सल्लाह सुझाव लिने गरेका नेताहरूसँगको छलफलमा रास्वपासँग मिलेर जान गाह्रो भएको सुनाएको एक नेताले बताए। ‘एक(दुई कुरा मिलेका छैनन्,’ घिसिङको भनाइ उद्धृत गर्दै तीन नेताले भने, ‘रास्वपासँग मिलेर जान गाह्रो भयो।’

शीर्ष तहका नेतासँगको छलफलपछि अहिले उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्यसँग छलफलमा जुटेका छन्। काठमाडौँको बौद्धस्थित एक होटलमा छलफल सुरु भएको छ। यसअघि छलफलका लागि सबै केन्द्रीय सदस्यलाई उपस्थित हुन पार्टीको ग्रुपमा सूचना जारी गरिएको थियो।

केन्द्रीय सदस्यहरूसँगको छलफलपछि रास्वपासँग मिलेर जाने कि अलग हुने भन्ने निष्कर्षमा पुग्ने घिसिङको योजना छ। ‘अहिल्यै अलग हुने निर्णयमा त पुगिसक्नु भएको छैन। आजको छलफलपछि के गर्ने भन्ने निर्णयमा पुग्नुहुन्छ,’ छलफलमा सहभागी अर्का नेताले भने, ‘रास्वपासँग अप्ठ्यारो भएको सुनाउनु भएको छ।’

मिडियमा चौतर्फी प्रचार गराएर मन्त्रीपदबाट राजीनामा दिन बाध्य पारिएको कुलमानको बुझाई रहेको स्रोतले जनाएको छ ।

साथै उनको पार्टीले पाउनु पर्ने जति हिस्सा नपाएकोमा पनि घिसिङको गुनासो रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ