काँग्रेसद्धारा बिशेष महाधिवेशनमा सहभागी नहुन अपील

काँग्रेसद्धारा बिशेष महाधिवेशनमा सहभागी नहुन अपील

  • शुक्रबार, पुस २५, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने निर्णय गरेको छ।

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीले नियमित महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने निर्णय गरेको हो। हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने निर्णयप्रति महामन्त्री गगन थापाले असहमति जनाउँदै फरक मत राखेका थिए।

हस्ताक्षर फिर्ता लिन अनुरोध गर्दा पार्टीका कार्यवहाक सभापति पूर्ण बहादुर खड्काले राखेको प्रस्तावमा आफूहरूको असहमति रहेको थापाले बताए। आसन्न प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको नेतृत्व परिवर्तन गर्न विशेष महाधिवेशन आवश्यक रहेको उनले बताए।

उनले विधान अनुसार महाधिवेशन माग गर्नु महाधिवेशन प्रतिनिधिहरूको अधिकार भएकाले यसलाई कसैले रोक्न नसक्ने स्पष्ट पारेका थिए। विधानको पालनाको गर्दा पार्टी विभाजनको हौवा पिटिएको भन्दै उनले आफूहरू कसैले पनि पार्टी विभाजन हुन नदिने उल्लेख गरे।

बैठकपछि कांग्रेस नेता एनपी साउदले कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुन अनुरोध गर्ने निर्णय गरिएको जानकारी दिए। पदाधिकारीले विशेष महाधिवेशन बोलाउने विधानमा व्यवस्था नरहेकाले देशभरिका केन्द्रदेखि तल्लो तहसम्मका पदाधिकारी महाधिवेशन, महासमिति सदस्य सबैलाई विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुन अनुरोध गर्ने निर्णय गरिएको उनले बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ