प्रधानमन्त्री कार्की र ओलीबीच तीन घण्टा छलफल

प्रधानमन्त्री कार्की र ओलीबीच तीन घण्टा छलफल

  • बिहिबार, पुस २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार उनीहरूबीच ३ घन्टा बढी छलफल भएको हो।

प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार उनीहरूबीच चुनाव केन्द्रित छलफल भएको हो। प्रधानमन्त्री कार्कीले फागुन २१ गतेको प्रतिनिधिसभा चुनावमा सहभागी हुनका लागि देखाएको प्रतिवद्धताप्रति सराहना गरेकी थिइन्।

ुफागुन २१ को चुनावका लागि एमालेले देखाएको प्रतिवद्धताप्रति प्रधानमन्त्रीजीले उहाँ ९ओली०को सराहना गर्नुभएको थियो। निर्वाचनमा सहभागी भएर लोकतान्त्रिक विधि अपनाउनु हुन्छ भन्ने विषयमा प्रधानमन्त्रीजी विश्वस्त हुनुभयो,ु प्रधानमन्त्रीका प्रेस संयोजक रावलले अन्नपूर्णसँग भने।

त्यस्तै एमाले अध्यक्ष ओलीले एमाले चुनावदेखि नभाग्ने बताएका थिए। उनले एमाले लोकतान्त्रिक पार्टी भएको र चुनावमा सहभागी हुनका लागि पछि नहट्ने बताएका थिए। स्रोतका अनुसार अध्यक्ष ओलीले सरकारसँग सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग गरेका थिए। उनले चुनावमा अझै सुरक्षा खतरा रहेको बताउँदै त्यसको प्रत्याभूति हुनुपर्ने सरकारको ध्यानाकर्षण गराएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ