यी हुन् एमालेको राष्ट्रिय सभा सदस्यका उम्मेद्धार

यी हुन् एमालेको राष्ट्रिय सभा सदस्यका उम्मेद्धार

  • बुधबार, पुस २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

नेकपा एमालेले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ।

एमाले सचिव महेश बस्नेतले दिएको जानकारीअनुसार झाँक्री र मेचेसहित प्रेम दंगाल, सम्झना देवकोटा, मीना रखाल र लीला भण्डारीलाई राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार बनाइएको हो। अब मधेस प्रदेशबाट मात्र उम्मेदवार चयन गर्न बाँकी रहेको उनले बताए।

राष्ट्रिय सभाका १८ सदस्य चयनका लागि आउँदो माघ ११ गते चुनाव हुँदै छ।

त्यसमा एमालेले नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) सँग चुनावी तालमेल गर्ने भने पनि अझै औपचारीक सहमति भईसकेको छैन ।

राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदै छ। जसमध्ये एकजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने प्रावधान रहेकाले १८ सदस्य चुन्न चुनाव गर्न लागिएको हो।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता गरिँदै छ। निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ