नेपाली कम्युनिष्ट पार्टीले कसैसँग गठबन्धन गर्दैन : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीले कसैसँग गठबन्धन गर्दैन : प्रचण्ड

  • मङ्लबार, पुस २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

नेपाली कम्युनिष्ट पार्टीका संयेजक पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी कसैसँग गठबन्धन नगर्ने बताएका छन्। आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि तीन ठूला दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच गठबन्धनको प्रयास भइरहेको चर्चाबीच प्रचण्डको यस्तो भनाई आएको हो।

भारतबाट फर्किएपछि आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनलेआगामी निर्वाचनमा कसैसँग कुनै गठबन्धन नहुने जिकीर गरे।

‘राष्ट्रिय सभा निर्वाचनमा केपी ओलीसँग गठबन्धन गर्दै हुनुहुन्छ भन्ने पनि छ निरु’ भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले भने, ‘त्यस्तो केही गठबन्धनको कुरा केही भएको छैन।’

सञ्चारकर्मीले हिजो एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेको प्रशंग निकालेपछि प्रचण्डले जवाफ दिए, ‘भेटघाट गर्ने कुरा त पहिला राष्ट्रपतिकहाँ पनि भेटघाट भएकै थियो। प्रधानमन्त्रीकहाँ पनि भेटघाट भएकै थियो। तर, कुनै गठबन्धन भएको छैन। हुँदैन पनि।’

उनले थप जोड दिँदै भने, ‘तपाईंहरू लेख्नुस् गठबन्धन हुँदैन। प्रस्ट लेख्नुस् गठबन्धन हुँदैन।’

उनले आफू रवि–बालेन एकताबाट नडराएको पनि बताए । आफू नेतृत्वको सरकारमा रास्वपा सभापति लामिछानेलाई दुई पटक गृहमन्त्री बनाएको उल्लेख गर्दै लामिछानेसँग कुरा गर्न कुनै आइतवार कुर्नु नपर्ने दाहालको टिप्पणी छ।

उनले भने, ‘हामी रवि–बालेनको गठबन्धबाट विल्कुल डराएका छैनौँ। रविलाई मेरै क्याबिनेटमा दुई चोटि गृहमन्त्री बनाएको हो। उहाँसँग कुरा गर्न मैले कुनै आइतबार पर्खनुपर्दैन। हामी डराएका पनि छैनौँ।’

उनले पार्टी कामको भारत भ्रमणमा गएको दाबी गर्दै सो क्रममा भारतीय जनता पार्टीका केही नेताहरुसँग अनौपचारिक छलफल भएको पनि बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी