भेनेजुएलामा अमेरीकाले गरेको आक्रमणप्रति एमालेको आपत्ति

भेनेजुएलामा अमेरीकाले गरेको आक्रमणप्रति एमालेको आपत्ति

  • मङ्लबार, पुस २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

नेकपा एमालेले अमेरिकाले भेनेजुएलामा गरेको व्यवहारकोप्रति आपत्ति जनाएको छ।

एमालेको मंगलबार बसेको सचिवालय बैठकले हालै अमेरिकाले भेनेजुएलामा अपनाएको व्यवहारको विरोध गर्दै संयुक्त राष्ट्रसंघको वडापत्रको उल्लंघन हुने कुनैपनि कार्य नर्गन आग्रह गरेको हो।

‘हामी सदैव स्थायी विश्व शान्तिको पक्षमा,’ एमाले सचिवालय बैठकपछि उपमहासचिव लेखराज भट्टले भने, ‘हामी एउटा मूल्यमा चल्नुपर्छ, संयुक्त राष्ट्रसंघको वडापत्रका आधारमा चल्नुपर्छ। मुलुकको सार्वभौमिकता, अखण्डताको सम्मान गर्नुपर्छ। अमेरिकाद्वारा भेनेजुएलामा भएको व्यवहार र विश्व न्यायिक दृष्टिकोणले हेर्दा कदापी स्वीकार्य हुन सक्दैन। यस्तो घटनाको हामी विरोध गर्दछौँ। विश्व व्यवस्थातर्फ फर्कन हामी आह्वान गर्दछौँ।’

भृेनेजुएलामा तीन जनवरीमा आक्रमण गरी अमेरीकी सेनाले त्याहाँका राष्ट्रपति र उनकी श्रीमतीलाई कब्जा गरेर अमेरीका पुर्याएको छ ।

एमालेले जनकपुर र वीरगन्जमा भएको समाजिक सदभाव खलबलाउने घटनाप्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ