खोटाङमा एक लाख ४७ हजार १२० मतदाता कायम

खोटाङमा एक लाख ४७ हजार १२० मतदाता कायम

  • मङ्लबार, पुस २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.4K
    SHARES

खोटाङ, २२ पुसः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि खोटाङमा एक लाख ४७ हजार १२० जना मतदाता कायम भएका छन् । दश स्थानीय तह रहेको जिल्लामा पुरुष ७७ हजार ६५६ र महिला ६९ हजार ४६४ जना मतदाता कायम भएका हुन् ।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३५ हजार ७६० जना मतदाता छन् भने सबैभन्दा कम साकेला गाउँपालिकामा आठ हजार ६४५ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी रविन मगरले जानकारी दिनुभयो ।

जिल्लामा यसअघि कायम भएका एक लाख ४४ हजार ४२९ जना मतदातामध्ये ८१० जनाले अन्तर जिल्ला मतदान केन्द्र कायम गरेका निर्वाचन अधिकारी मगरले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ मतदाता नामावली दर्ता गर्ने तथा पुरानाको अद्यावधिक गर्दा जिल्लामा यसअघि कायम भएकामा थप एक हजार ८८१ जना नयाँ मतदाता थपिएको छन् ।

प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि १३६ वटा मतदानस्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आगामी निर्वाचनका लागि सङ्घीय सरकारले मुख्य निर्वाचन अधिकृतसमेत खटाइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ