व्यापक बिरोधपछि रास्वपाबाट समानुपातिक सूचीमा परेका व्यवशायी ढकालका छोरा सचिनद्धारा नाम फिर्ता लिने घोषणा

व्यापक बिरोधपछि रास्वपाबाट समानुपातिक सूचीमा परेका व्यवशायी ढकालका छोरा सचिनद्धारा नाम फिर्ता लिने घोषणा

  • शनिबार, पुस १९, २०८२
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

१९ पुस, काठमाडौं । सामाजिक सञ्जाल र पार्टी भित्र चौतर्फी बिरोधपछि राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ उम्मेदवार बनेका व्यवशायी चन्द्र ढकालका छोरा सचिनले नाम फिर्ता लिने घोषणा गरेका छन् ।

उनले शनिबार उम्मेदवारी फिर्ताको घोषणा गरेको हुन् । ‘नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यस पटक व्यक्तिगत कारणवश उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु,’ ढकालले फेसबुकमा लेखेका छन् ।

ढकालले उद्यमशीलताको प्रवर्द्धनमार्फत् सामाजिक रुपान्तरण र मुलुकको विकास आवश्यक रहेको र त्यसका लागि नवयुवाहरू अघि सरिरहेको परिवेशमा आफूलाई समानुपातिक निर्वाचनको बन्दसूचीमा समावेश गरेकोभन्दै पार्टी नेतृत्वप्रति आभार पनि व्यक्त गरेका छन् ।

ढकाल व्यवसायी चन्द्र ढकालका छोरा हुन् । उनी आफैं पनि पर्यटन तथा हस्पिटालिटीको व्यसायमा संलग्न छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ