नेकपा एमाले नेता गोकुल बास्कोटाले उपाध्यक्ष रामबहादुर थापा बादलुलाई कटाक्ष गरेका छन् ।
उनले समानुपातिकबाट नाम फिर्ता लिन आग्रह गर्दै बरु चुनाव लड्न सुझाव दिएका छन् ।
सामाजिक सञ्जालमार्फत् बास्कोटाले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर चुनाव लड्ने भए समानुपातिकमा नबस्न सुझाव दिएका हुन्।
‘समानुपातिक कोटामा आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटक पटक बसेपछि यो प्रणालीको विरोध हुनु ठीक हो। अझ तिनै रूख र सूर्य मिलेर चुनावमा जानु पर्छ भन्छन्। रूख–सूर्य मिलेपछि चुनाव लडे भयो त। अहिले नाम फिर्ता लिए हुन्छ पटके समानुपातिकले। समावेशिताकै बेइज्जत नगर के– त्यो पनि पुरूषले ! ,’ उनले भने।
उपाध्यक्ष बादलले मंगलबार कांग्रेस र एमाले मिलेर चुनावमा जानुपर्ने धारणा राखेका थिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline