रवि वालेनसँग कुरा नमिलेपछि कुलमानले उज्याले नेपाललाई नै अघि बढाउने

रवि वालेनसँग कुरा नमिलेपछि कुलमानले उज्याले नेपाललाई नै अघि बढाउने

  • सोमवार, पुस १४, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच आइतबार ७ घण्टा चलेको वार्ता निष्कर्ष विहीन बन्न पुगेको छ।

पुनः छलफल गर्नेगरी वार्ता सकिए पनि हालसम्म वार्ता हुन सकेको छैन । उज्यालो नेपालले रास्वपासँग एकता गर्न उपसभापतिसहित पार्टीमा समग्र ३० प्रतिशत भागबन्डा हुनुपर्ने माग गरेको थियो । तर रास्वपाले उज्यालो पार्टीलाई १५ प्रतिशत भन्दा बढी दिन नसक्ने अडान राखेसँगै वार्ता निष्कर्षमा पुग्न नसकेको स्रोतले जनाएको छ ।

सोमबारको वार्तामा पार्टी एकीकरण गरेर जान रास्वपाले बढीमा १५ प्रतिशत मात्रै दिने प्रस्ताव गरेपछि संरक्षक घिसिङले पार्टीको अस्तित्व र सम्मानजनक सहभागिता बिना कुनै पनि किसिमको एकता गर्न नसकिने जवाफ फर्काएको स्रोतको जनाएको छ।

यसैबीच रास्वपासँग पार्टी एकता नहुने अवस्था भएपछि उज्यालो नेपालले समानुपातिकतर्फको बन्द सूचीको तयारी अन्तिम चरणमा पुर्‍याएको जानकारी दिएको छ। सोमबार साँझ ६ बजेसम्मको समयसीमाभित्र सबै प्रक्रिया टुंगाएर आयोगमा बन्दसूची बुझाउने तयारी पार्टीले गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी