कांग्रेसले गर्‍यो आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेकालाई कारबाही फुकुवा

कांग्रेसले गर्‍यो आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेकालाई कारबाही फुकुवा

  • आइतवार, पुस १३, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

१३ पुस, काठमाडौं । नेपाली कांग्रेसले यसअघिको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरू माथिको कारबाही फुकुवा गरेको छ ।

कार्यसम्पादन समितिको बैठकले कार्वाहि फुकुवा गर्ने निर्णय गरेको हो । निर्णयबारे पार्टीका तल्ला कमिटीलाई परिपत्र पठाउँदै केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यसबारे जानकारी दिए ।

परिपत्रमा भनिएको छ, ‘विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समथृन गरेका उम्मेदवारका विरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासन विपरीतका काम गरेकाहरूलाई केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्वन र पार्टीको विधानअनुसार स्वतस् कारबाहीमा परेकाहरूको बाँकी अवधि माफी/मिनाहा गर्ने निर्णय गरिएको छ ।’

परिपत्रमा यसरी कारबाही माफीरमिनाहा भएका व्यक्तिहरूको पार्टीको वहाल रहेको पद नरहने गरी क्रियाशील सदस्यलाई निरन्तरता कायम गरी क्रियाशील नवीकरण गर्ने निर्णय भएको पनि उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ