निर्वाचन गराउन सरकारको सक्रियता : प्रधानमन्त्रीले बोलाईन शीर्ष नेताको बैठक

निर्वाचन गराउन सरकारको सक्रियता : प्रधानमन्त्रीले बोलाईन शीर्ष नेताको बैठक

  • शुक्रबार, पुस ११, २०८२
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

११ पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरुको संयुक्त बैठक बोलाएकी छन् ।

प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुको संयुक्त बैठक आह्वान गरेकी हुन् । बैठक शनिबार राखिएको छ ।

आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारीका सम्बन्धमा प्रधानमन्त्रीले बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचनाप्रविधि मन्त्री जगदीश खरेलले आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र मध्याह्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर बैठकको निम्तो दिइसकेका छन् । उनले आजै प्रचण्डलाई पनि भेटेर निम्तो दिने कार्यक्रम छ ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्की समेतको सहभागितामा प्रमुख तीन दलका शीर्ष नेताहरुसँग शीतलनिवासमा छलफल गरेका थिए ।

प्रधानमन्त्री कार्की तोकिएको समयमा निर्वाचन गराएर आफ्र सरकारको नेतृत्वबाट विदा हुने मनशायमा रहेकी छन् ।

उनले नेपाललाई बंगलादेश जस्तो हुन नदिन भन्दै अपील समेत गर्दै आएकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ