जेनजी आन्दोलनमा आगजानीमा परेका काँग्रेस, एमाले र माओवादीको कार्यलयको आज सरकारी टोलीले अनुगमन गरेको छ ।
आज सञ्चारमन्त्री जगदीश खरेल र उद्योग मन्त्री अनिल सिन्हाको टोलीले ती पार्टीका कार्यलयहरु अनुगमन गर्नुका साथै नेताहरुसँग छलफल समेत गरेका छन् ।
अनुगमन पछि आज नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ढसँग मन्त्रीहरुले छलफल गरेका थिए । छलफलमा आगामी निर्वाचन र शान्ति सुरक्षाको वातावरण बनाउनु पर्नेमा जोड दिईएको थियो ।
त्यस अघि मन्त्रीद्धयले काँग्रेस उपसभापति धनराज गुरुङ, एमाले महासचिव शंकर पोखरेल लगायतका नेताहरुसँग पनि सम्बन्धित पार्टी कार्यलयहरुमा छलफल गरेका थिए ।
जसमा सरकारले निर्वाचन गराउन सक्ने नसक्ने विषयमा ती पार्टीका नेताहरुले ध्यानाकर्षण गराएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline