जेनजी आन्दोलनमा आगजानीमा परेका काँग्रेस, एमाले माओवादीको कार्यलयको अनुगमन गर्दै सरकारी टोली

जेनजी आन्दोलनमा आगजानीमा परेका काँग्रेस, एमाले माओवादीको कार्यलयको अनुगमन गर्दै सरकारी टोली

  • मङ्लबार, पुस ८, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

८ पुस, काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न र राजनीतिक दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली आज खटिँदैछ ।

कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल रहेको संवाद समिति फिल्डमा खटिन लागेको हो ।

सरकारी टोली सम्वाद र कार्यालय अनुगमनका लागि सुरुमा कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुग्ने कार्यक्रम छ । त्यसपछि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी कार्यलय पेरिसडाँडामा जाने छ ।

समिति मंगलबार बिहान ११ बजे नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा, १ बजे नेकपा एमालेको कार्यालय च्यासल र ३ बजे नेपाली कम्युनिस्ट पार्टीको कार्यालय पेरिसडाँडा जाने तालिका छ ।

त्यसक्रममा सरकारी टोलीले आसन्न निर्वाचनको वातावरण बनाउने विषयमा नेताहरुसँग छलफल गर्ने र जेनजी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालय अनुगमन पनि गर्ने बताइएको छ ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कांग्रेस, एमाले, तत्कालीन माओवादी केन्द्र लगायत राजनीतिक दलका कार्यालय नेताको घर , भाटभटेनी सहित व्यवशायीक प्रतिष्ठानमा आगजानी , लुटपाट र तोडफोड गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ