जेनजी आन्दोलनको घटना छानबिन गर्न गठित कार्की नेतृत्वको जाँचबुझ आयोगको म्याद थपियो

जेनजी आन्दोलनको घटना छानबिन गर्न गठित कार्की नेतृत्वको जाँचबुझ आयोगको म्याद थपियो

  • आइतवार, पुस ६, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौँ । सरकारले जेन जी आन्दोलनमा भएको बलप्रयोग लगायतका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद थप गरेको छ। मन्त्रिपरिषद्को बैठकले आयोगलाई उक्त घटनाको जाँचबुझ गरी प्रतिवेदन बुझाउन थप एक महिनाको समय दिएको हो।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वमा रहेको आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन्।

सरकारले गत ५ असोजमा आयोग गठन गर्दै जेन(जी आन्दोलनमा भएको बलप्रयोग लगायतका घटनाको छानबिन गर्न तीन महिनाको समय दिएको थियो। तर आयोगले अहिलेसम्म काम पूरा गरेको छैन। निर्धारित समयमा आयोगले काम पूरा नगरेपछि सरकारले थप एक महिना समय दिएको हो।

आयोगले घटनाका विषयमा सम्बन्धित अधिकांश व्यक्तिहरूको बयान लिइसकेको छ। तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको भने बयान लिन सकेको छैन।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ