धराैटी बुझाएर लामिछाने जेलमुक्त, उनले भने- ‘न्याय पाउन बाँकी नै छ’

धराैटी बुझाएर लामिछाने जेलमुक्त, उनले भने- ‘न्याय पाउन बाँकी नै छ’

  • शुक्रबार, पुस ४, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

४ पुस, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने शुक्रबार साँझ जेलबाट छुटेका छन् ।

उच्च अदालत तुल्सीपुर दाङकाे बुटवल इजलासबाट बिहीबार भएकाे आदेशले २ कराेड ७४ लाख ८४ हजार रूपैयाँ धराैटी बुझाएर थुनामुक्त भएका हुन् । ललितपुर नख्खु जृलमा रहेका उनलाई आजै हवाइजाहजबाट चितवन र त्यहाँबाट गाडीमा राखेर रूपन्देहीकाे भैरहावास्थित जिल्ला अदालत पुर्याइएकाे थियाे । त्यहाँ उच्चकाे आदेशबमाेजिम कागज गराई अदालत प्रशासनले थुनामुक्त गरेका थिए ।

छुटेपछि उनले अदालत परिसरमा संचारकर्मीकाे प्रश्नमा आफूलाई राजनीति प्रतिशाेधमा थुनामा राखिएकाे र न्याय पाउन अझै बाँकी रहेकाे प्रतिक्रया दिए । उनले भने, ‘न्यायको लडाइँ मैले अझ धेरै लड्नुछ, अहिले धेरै बाेल्दिनँ ।’ अब बाेल्ने दिन जनताकाे आएकाे बताए ।

सरकार र सत्तामा बस्नेहरूले देशमाथि चरम अन्याय गरिरहेका तुलनामा आफूमाथिकाे अन्याय ठूलाे कुरा नभएकाे बताए । बाँकी समय पूरै तागतसाथ देश र जनताका न्यायका लागि लगाउने उनकाे भनाई छ । उनले अदालतप्रति कृतज्ञता प्रकट गरे ।

उनलाई प्रहरीले भैरहवाबाट स्कर्टिङ गरेर राति नै चितवन पुर्याउँदैछ  । भाेलि शनिबार चितवनमा पार्टीले आयाेजना गर्ने कार्यक्रमलाई सम्बाेधन गर्ने भएकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ