रबिलाई चुनाव लड्न कानूनी राेकटाेक नहुने

रबिलाई चुनाव लड्न कानूनी राेकटाेक नहुने

  • शुक्रबार, पुस ४, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

४ पुस, काठमाडाैं । जेलबाट छुट्ने तयारीमा रहेका राष्ट्रिय स्वथन्त्र लामिछानेलाई सन्निकट रहेकाे प्रतिनिधिसभाकाे सदस्य निर्वाचन लड्न कानूनी बाधा अड्चन नहुने भएकाे छ ।

सरकारले आउँदाे फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन गर्ने तयारी गरिरहेकाे सन्दर्भमा सहकारी संस्थाकाे रकम अपचलन एवं गैरकानुनी तरिकाले प्रयाेग गरेकाे अभियाेगमा जेलमा रहेका उनी उच्च अदालतकाे विहीबारकाे आदेशमा आज जेलमुक्त हुँदैछन् । याे सन्दर्भसँगै उनकाे निर्वाचन उम्मेदवारबारे विभिन्न टिप्पणी, विश्लेषण हुन शुरू भएकाे छ ।

प्रतिनिधिसभा निर्वाचन ऐनले फाैजदारी अभियाेग लागेका र अभियाेग प्रमाणित भएकालाई मात्र प्रतिनिधिसभा निर्वाचनमा भाग लिन वा उम्मेदवार बन्न राेक लगाएकाे छ । त्यसमा बलात्कार, ज्यान मारेकाे, अपहरण बन्धक कसुर गरेकाे जस्ता जघन्य अपराधमा संलग्नता पुष्टि भई नैतिक पतन आर्थिक अपचलनसम्बन्धी अभियाेग लागेका र प्रमाणित भई सजाय वा दण्डजरिवाना बुझाएर थुनामुक्त भएकालाई उम्मेदवार बन्न अयाेग्य मानिएकाे अवस्था छैन । त्यसकारण लामिछानेले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राेकटाेक नहुने कानुनका जानकारहरूकाे तर्क छ ।

उदाहरणका लागि कांग्रेस नेता टेकबहादुर गुरूङ भृकुटीमण्डपकाे सरकारी जग्गा लिजमा लिँदा गरिएकाे हिनामिनामा कराेडाैं रूपैयाँ हिनामिनामा धराैटी राखेर मुक्त भएका थिए । र, उनकाे सांसद पद पुनर्वाहली भएकाे थियाे । फरार रहेका उनी प्रतिनिधिसभा (संसद) बैठकमा सहभागी हुन थालेका थिए । भलै अहिले संसद विघटित एवं भंग अवस्थामा छ । त्यस्तै ज्यान मारेकाे (कर्तव्य ज्यान कसुर गरेकाे) अभियाेगमा जेलमा रहेकै बेला रेशम चाैधरीले २०७४ काे संसद सदस्य चुनावमा वारिसमार्फत उम्मेदवार दर्ता दराई कैलालीबाट चुनाव जितेका थिए । त्यस्ता थुप्रै उदाहरण छन् ।

लामिछाने यसअघि २०७४ र २०७९ मा भएकाे प्रतिनिधिसभा निर्वाचनमा चितवनकाे क्षेत्र नं. २ बाट प्रत्येक पटक आधा लाखभन्दा बढी मत ल्याएर विजयी (प्रतिनिधिसभा सदस्य) भएका थिए । पछिल्लाेपटक ०७९ पछि उनी सरकार समिकरणबाट गृहमन्त्र बने । त्यहीबेला उनी नेपाल र अमेरिका दुवैपट्टिका दुई नागरिकता र दुई राहदानी (दाेहाेराे कागजात बाेकेकाे) अभियाेगमा मन्त्री पद मात्र नभई प्रतिनिधिसभा सदस्य (सांसद) समेत निलम्बित हुन पुगेकाे थियाे । त्यसैबिच उनीमाथि सहकारीकाे रकम ठगी आराेप लाग्याे र विभिन्न जिल्लामा जिल्ला अदालतकाे आदेशबमाेजिम धराैटी राखेर रिहा भई थुनाबाहिरै बसेर मुद्दा लड्दै आइरहेका पनि थिए । तर पछिल्लाेपटक रूपन्देहीकाे बुटवलका सुप्रिम सहकारीकाे मुद्दामा सरकारी वकिल लामिछानेलाई थुनामै राख्नुपर्ने तर्कसहित निवेदन लिएर उच्च अदालत तुलसीपुर दाङकाे बुटवल इजलास पुग्दा त्यहाँका तत्कालिन न्यायाधिशले थुनामै राख्न आदेश दिएपछि जेलमा रहँदै आएका थिए ।

त्यसैक्रममा उनले अभियाेजन गरिएका दामासहीले आफूलाई पर्ने रकम बुझाउन तयार रहेकाे र मुद्दाकाे अन्तिम फैसला नहुँदासम्म जेलबाहिर बसेर मुद्दा लड्नु पाउनुपर्ने जनाएर त्यही उच्च अदालतमा निवेदन दिए । साेही निवेदनमाथि बिहीबार आदेश हुँदै उनलाई यसअघि जिल्ला अदालत रूपन्देहीकाे आदेशले राखिएकाे १ कराेड बाहेक पनि याेपटक २ कराेड ७४ लाख ८४ हजार रूपैया धराैटी लिएर जेल थुनामुक्त गर्न आदेश भएकाे हाे । याेसहित उनले धराैटी रकम ३ कराेड ७४ लाख ८४ हजार रूपैयाँ पुग्नेछ ।

आदेश अनुसार अब उनी मुद्दाकाे अन्तिम फैसला हुँदाका बखत थप धराैटी माग भएमा बुझाउन तयार रहने कागज गराई रूपन्देहीबाट थुनामुक्त हुँदैछन् । कागज गर्न उनी  श्रीमती निकिता पाैडेलसहित अहिले हवाइजाहज चढेर रूपन्देहीकाे भैरहावा पुगेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनकाे संघारमा हुने रिहाईलाई धेरैले चासाेसाथ हेर्न थालेका छन् । उता रास्वपाले राजनीतिक प्रतिशाेधविरूद्धकाे लडाईँ जितेकाे र कानूनले न्याय दिएकाे बताएकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ