काठमाडौँ । एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। एमाले सचिव राजन भट्टराईका अनुसार केन्द्रीय कमिटी बैठकले तत्काल गर्नुपर्ने कामको बारेमा निर्णय गर्नेछ ।
बैठकले नवनिर्वाचित केन्द्रीय कमिटी पदाधिकारीहरूका बीचमा जिम्मेवारी बाँडफाँट लगायतको विषयमा पनि छलफल गर्ने तयारी रहेको सचिव भट्टराईले बताए। महाधिवेशनपछि बस्न लागेको यो केन्द्रीय कमिटीले विशेष गरी जेन(जी आन्दोलनपछि महाधिवेशनको समीक्षा र अहिलेको राजनीतिक अवस्थाको बारेमा कसरी अगाडि जाने भन्ने विषयमा निर्णय गर्ने छ।
११औँ महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा नयाँ नेतृत्वको टिम निर्माण गरेको छ। अध्यक्ष निर्वाचन लगत्तै केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्दै ओलीले एमाले नेतृत्वमाथि जाली मुद्धा लगाए वा चलाए देशै ठप्प पार्ने चेतावनी दिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline